कावासोती । अविरल वर्षासँगै खसेको पहिराको कारण अवरुद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड सुचारु भएको छ ।
नारायणघाट बुटवल सडक योजनाले शनिबार बिहानदेखि पहिरो हटाएर सडक सुचारु भएको जानकारी दिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका –२, स्थित पैसठ्ठी मोड नजिक पहिरो खसेपछि शुक्रबार दिउसोबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
पानी परेपछि बिहीबार बिहानैदेखि दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको थियो । बाटो चिप्लो भएका कारण सवारी सहज रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । शुक्रबार दिउसो पहिरो खसेपछि भने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
अहिले पनि बाटो चिप्लो रहेकाले आफ्नो लेनबाट लामबद्द भएर मात्रा सवारी साधन सन्चालन गर्न सडक योजनाले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS