काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ ।
नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ । चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।
चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् । चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ ।
गत भदौ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खनाल निवासमा भएको आगलागीमा परि रविलक्ष्मी गम्भीर घाइते बनेकी थिइन् ।
FACEBOOK COMMENTS