काठमाडौं । काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।
यी सामाग्रीहरु नेपालमा नै उत्पादन भएका हुन् । आर्थिक वर्ष २०८०/८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने योजना भएतापनि विभिन्न प्रक्रृयागत चुनौतीका कारण २०८१–८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए ।
यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।
उनले भने– ’यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार राखिएको छ । यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन् ।
FACEBOOK COMMENTS