मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला प्रतियोगिता कलिनेरी मलेसियामा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ ।
एसियाको सबैभन्दा ठूलो र प्रतिष्ठित पाककला एंव खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ५० भन्दा बढी देशका झन्डै १५०० जना युवा सेफहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए ।
सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर रहनुभएको थियो ।
ग्रान्ड फिनालेमा अगानोमा सेकेको खुखुरा,बसारीमा पोलेको माछा ,योमरी जस्ता नेपाली परिकारहरूको चयनले निर्णायकहरूलाई प्रभावित पारे, जसले नेपालको पाककला सम्पदालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो ।
प्रतियोगितामा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाए । अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ्य मात्र होइन बिस्वसामु प्रतिश्पर्धा गर्न लायक पनि छन् भनि प्रमाणित गरेर देखाउन नेपाल सफल भएको छ ।
ग्यास्ट्रोनोमिक सीप, कलात्मकता र नवीनताको उत्सवमा प्रतिस्पर्धा रहेको दक्षिणपूर्वी एसियाकै ठुलो पाककला प्रतियोगिताको नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायकको भूमिका हुनुहुन्थ्यो ।
FACEBOOK COMMENTS