काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुस ’कागजी बाघ’ हो भन्ने भनाइको जवाफ दिएका छन् ।
सुरक्षा र भूराजनीतिक विज्ञहरू बीचको छलफलको क्रममा पुटिनले हामी कागजी बाघ हौं भने नाटो के हो ? भन्दै प्रश्न गरेका हुन् । पुटिनले भने– ’हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आत्मविश्वास कायम राख्नु हो, र हामी यसमा विश्वस्त छौं ।’
हालै, ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा रुसलाई ’कागजी बाघ’ भनेका थिए। ट्रम्पले युरोप र नाटोको समर्थनमा र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता पाउन सक्ने बताएका थिए ।
ट्रम्पले युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा बुझेपछि सोच परिवर्तन भएको बताएका थिए ।
रुसलाई ’कागजी बाघ’ भन्दै उनले भने– ’पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन्, र युक्रेनले कारबाही गर्ने समय आएको छ ।’
FACEBOOK COMMENTS