काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गते सम्म काठमाडौं लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू
हुनसक्ने सम्भावना देखाएकाले रातको समयमा यात्रा नगर्न भनिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
‘असोज १७ देखि २० गतेसम्म आआफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउनु हुन, अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्नुहुन, काठमाडौंबाट बाहिर जाने र बाहिरबाट
काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ,’ जिप्रकाले सूचना जारी गर्दै भनेको छ।
FACEBOOK COMMENTS