काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।
टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् ।
क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् ।टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।
FACEBOOK COMMENTS