विराटनगर । कोशी नदीमा पानीको सतह बढेपछि पुलमाथि यातायात रोकिएको छ ।
हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
FACEBOOK COMMENTS