झापा । झापामा भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पानीको बहाव बढेपछि निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।
काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । त्यस्तै माइधार र दुधेबिच भोला खोलाको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।
डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन भने रोकिएका छन् । भिषण बर्षाको अनुमानपछि लामो दूरीका सवारी साधनहरूलाई शनिबारबाट नै चल्न रोक लगाइएको छ ।
FACEBOOK COMMENTS