चितवन । नारायणगढ–मुग्लिन सडक आज विहानै देखि यातायात सेवा सञ्चालनमा आएको छ ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।
चितवन प्रहरीले चितवन हुदै विभिन्न जिल्लामा जाने सवारी साधनलाई राति ९ बजेसम्म चितवन कटिसक्न आग्रह गरेको छ । ९ बजेपछि आउने सवारी साधनलाई रोकेर राखिएको थियो ।
FACEBOOK COMMENTS