काठमाडौं । भारतको हिमाचल प्रदेशमा यात्रुबाहक बस पहिरोमा परेपछि १५ जनाको मृत्यु भएको छ ।
यस दुर्घटनामा पन्ध्र जनाको मृत्यु भएको र अठार जनालाई उद्धार गरिएको प्रदेश सरकारले जानकारी दिएको छ ।
मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले यस दुखद घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनामा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गरेका छन् ।
मोदीले राहतको घोषणा गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेक परिवारलाई ५० हजार दिने बताएका छन् ।
FACEBOOK COMMENTS