काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।
हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आयोगले शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको हो।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको घटनाबाट उत्पन्न परिस्थितिमा शान्ति सुुरक्षा र विधिको शासनलाई मजबुद बनाउन सुरक्षा निकायको मनोवल उच्च बनाउँदै धैर्यता र समंयतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेका दिन काठमाडौं उपत्यकामा भएको हिंसात्मक घटनाहरूको अनुगमन गर्दै मानव अधिकार उल्लंघन भएको उल्लेख गरेको छ। यस्ता घटनाबाट उत्पन्न परिस्थितिले नागरिकको सुरक्षा र मानव अधिकारमा नकारात्मक असर पार्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।
साथै विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शनलाई मर्यादित र सयमित बनाउन अरुप्रति घृणा युक्त अभिव्यक्ति बन्द गर्न सामाजिक सदभाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रतिक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आयोगले अनुरोध समेत गरेको छ ।
FACEBOOK COMMENTS