काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
करिब २८ दिनदेखि माइतीमा सरिश्मा थापाको समूह धर्ना बसिरहेकोले उक्त समूहलाई उक्साउने किसिमको जोखिम पनि रहेको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS