काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टी कार्यालय वनस्थलीमा शुक्रबार बिहान ११ बजेपछि बैठक सुरु हुने छ ।
बैठकमा आगामी बिस्तारित बैठकको कार्यसूचीबारे छलफल हुने बताइएको छ । रास्वपाको विस्तारित बैठक आउँदो कात्तिक १४ र १५ गने बस्ते तय भएको छ ।
उक्त बैठकले पार्टीको प्रथम महाधिवेशबारे विशेष निर्णय गर्ने नेताहरूले बताएका छन् ।
आजको सचिवालय बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS