जनकपुरधाम । पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गर्न लागिएको छ ।
स्वास्थ्य मन्त्रालयले असोज २६ गते पर्सा जिल्लाका सबै स्थानीय तहमा र असोज २८ गते बारा जिल्लाका ६ स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गरिने भएको हो ।
हैजा रोग विरुद्धको खोप एक बर्ष माथिका सबैलाई खुवाइने मन्त्रालयले जानकारी दिएको छ । यो खोप एक पटक मात्र दिइने र यसका लागि नजिकको स्वास्थ्य संस्था र वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यो खोप नि: शुल्क पाइने, सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने हुनाले सबैले लिन मन्त्रालयले अपिल समेत गरेको छ ।
FACEBOOK COMMENTS