काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।
बुधबारबाट ललितपुरको जावलखेलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबीसमेत गरे ।
उनले मुलुकमा अगुवाइ गर्न सक्षम पार्टीको रूपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर गरे ।
“कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो ।
व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कमजोर हुन्छ भन्ने पुष्टि भयो,” उनले भने ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेकोसमेत बताए ।
FACEBOOK COMMENTS