काठमाडौं । जेन जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले राजनीतिक आधारमा नियुक्त विभिन्न ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले राजनीतिक आधारमा नियुक्त गरेका १६ मध्ये ११ राजदूत फिर्ता बोलाउने निर्णयको तयारी मन्त्रिपरिषद्ले गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
राजनीतिक आधारमा राजदूत बनेका पाँच जनाको नाम भने फिर्ता बोलाउने वा नबोलाउने विषयमा अझै छलफल चलिरहेको स्रोतको भनाइ छ ।
FACEBOOK COMMENTS