काठमाडौं । ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडोंको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो–२०८२’ आयोजना गरेको छ । नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने मूल उद्देश्यले पुष्प, फलफूल, जडिबुटी र कृषिसहितका चारवटा विधाका नर्सरी प्रदर्शन तथा बिक्रीवितरण गर्न एक्स्पो आयोजना गरिएको संघले बताएको छ । जहाँ फूलहरूको प्रदर्शनी उल्लेख्यरूपमा देख्न सकिन्छ ।
यता फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा हिजो बुधबारदेखि १८औँ संस्करणको ‘गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ सुरू गरेको छ । झट्ट हेर्दा र सुन्दा उस्तै नाम सुनिने, मेला हेर्दा उस्तै लाग्ने, एउटै समयमा आयोजना हुने र उद्देश्यसमेत एउटै रहेको मेला आखिर किन दुई ठाउँमा भइरहेको छ ?
यसबारे बुधबार ‘तिहार फ्लोरा एक्स्पो–२०८२’ को समाचार सङ्कलन गर्न भृकुटीमण्डप पुगेकी कर्पोरेट खबरकी सम्वाददाता सरिता चौधरीले नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी तिमल्सिनालाई यसबारे जिज्ञासा राखेकी थिइन् । उक्त जिज्ञासाको जवाफका लागि तल दिइएको दृश्य सामग्री हेर्नुहोला ।
FACEBOOK COMMENTS