काठमाडौं । जेन जी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै उनले ‘गरिखान देऊ’ अभियानमार्फत दल निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यसका लागि वार्ता समितिसमेत गठन भइसकेको छ ।
तर, अहिलेकै अवस्थामा निर्वाचनमा भाग नलिने र प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना सुनिश्चित हुनुपर्ने शर्त अघि सारेका छन् ।
FACEBOOK COMMENTS