काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग र आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालय शित्तल निवासमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आदिवासी जनजाति आयोग नेपालका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा २९४ बमोजिम आ–आफ्नो आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
FACEBOOK COMMENTS