काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये प्रहरीको गोली लागेर मृत्यु हुने २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो ।
सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन् । सेनाले टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न नसकेको बताएको छ ।
आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जानकारी दिएको छ ।
यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । त्यस्तै, आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन ः नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS