काठमाडौं । जेन जी अभियन्ता मिराज ढुङ्गानाले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ आफूहरूको ‘बटमलाइन’ रहेको भन्दै यसको व्यवस्था नहुँदासम्म चुनावमा नजाने बताएका छन् ।
शनिबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गर्दै हालकै अवस्थामा चुनावमा भने नजाने स्पष्ट गरेका हुन् ।
ढुङ्गानाले आफूहरूले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान नमिल्ने बताए ।
उनले भने, ‘हामीले चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौं । भीडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन । हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नै पर्छ । हामी चुनावमा जानभन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौं ।’
ढुङ्गानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था, भ्रष्टाचार अन्त्य गर्नका लागि नागरिकस्तरीय छानबिन समिति गठन नभएसम्म आफूहरूले चुनावमा भाग नलिने स्पष्ट गरे ।
याे पनि पढ्नुहाेस्–
सङ्गठित भएर अघि बढ्न पार्टी खोल्न लागेका हौं : मिराज ढुङ्गाना
FACEBOOK COMMENTS