काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई दोस्रो सिजनको लागि भित्राएको छ ।
२९ बर्षिय बलर मार्क वाटले टी–२० अन्तर्राष्ट्रिय खेलमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् ।
सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे र युवराज खत्रीलगायतका खेलाडी रहेका छन् ।
FACEBOOK COMMENTS