काठमाडौं । अहिलेसम्म विभिन्न ७ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका २० वटा बैंकमध्ये ७ वटाले मात्रै लाभांश घोषणा गरेका हुन् । अझै १३ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।
७ बैंकले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट बोनस तथा नगद लाभांश घोषणा गरेका छन् । अहिलेसम्म ग्लोबल आइएमई, एभरेष्ट, माछापुच्छ्रे, स्टयान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये केही बैंकले साधारणसभाबा पारित गरेका छन् । केहीले सभा बोलाएका छन् ।
माछापुच्छ्रे बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ४ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको साधारणसभा सम्पन्न गरिसकेको छ ।
सानिमा बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७.३६८५ प्रतिशत लाभांश दिएको छ । कात्तिक २ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न बैंकले कात्तिक २६ गतेका लागि साधारण सभा बोलाएको छ । सभा बोलाएको बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले सभा प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
बैंकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंक
बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनश सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
बैंकले कात्तिक १२ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंक
बैंकले गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत करसकित नगद लाभांश दिने जनाएको छ ।
बैंकले सभा प्रयोजनका लागि कात्तिक ३० गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेका लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS