काठमाडौँ । भारतको रिलायन्स इन्डस्ट्रिजले फेसबुकसँगको सहकार्यमा नयाँ एआई कम्पनी बनाएको छ । दुई कम्पनीहरूले यो संयुक्त उद्यमको नाम रिलायन्स इन्टरप्राइज इन्टेलिजेन्स लिमिटेड (आइइआइएल) राखेका छन् ।
रिलायन्स इन्डस्ट्रिजले शनिबार नियामक फाइलिङमा नयाँ एआई कम्पनि बनाएको घोषणा गरेको हो । मुकेश अम्बानी र मार्क जुकरबर्गका कम्पनीहरूले यस संयुक्त उद्यममा संयुक्त रूपमा ८५५ करोड भारु लगानी गरेका छन् ।
रिलायन्स इन्टेलिजेन्स लिमिटेडले फेसबुकको भारतीय शाखासँगको सहकार्यमा यो नयाँ कम्पनी बनाइएको छ । यो नयाँ कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सेवाहरूको विकास, मार्केटिङ र बिक्रीमा काम गर्नेछ ।
रिलायन्स इन्टेलिजेन्स लिमिटेडमा रिलायन्स इन्डस्ट्रिजको ७० प्रतिशत हिस्सेदारी रहेको छ भने मेटा प्लेटफर्म इंकको सहायक कम्पनी फेसबुक ओभरसीज इंकले बाँकी ३० प्रतिशत हिस्सेदारी राखेको छ । रिलायन्सको एआई इकाईले सुरुमा २ करोड इक्विटी शेयर लगानी गरेको छ, जसको मूल्य प्रति शेयर १० भारु रहेको छ ।
यो संयुक्त उद्यम अगस्टमा रिलायन्सको वार्षिक साधारण सभामा घोषणा गरिएको थियो । आइइआइएलको ध्यान मेटाको खुला–स्रोत लामा मोडेलहरू र रिलायन्सको व्यावसायिक पहुँच प्रयोग गरेर विभिन्न क्षेत्रहरूको लागि एआई उपकरणहरू विकास गर्नु हुनेछ । साथै यसले कम्पनीहरूलाई अनुकूलित जेनेरेटिभ एआई मोडेलहरू निर्माण गरेर सेवा प्रदान गर्ने छ । त्यस्तै एआई मोडललाई विशेष रूपमा बिक्री, मार्केटिंग, आईटी सञ्चालन, ग्राहक सेवा, र वित्त जस्ता क्षेत्रहरूको लागि तयार गरिनेछ । मेटाले यस साझेदारीमा लामा–आधारित एआई मोडेलहरू निर्माणमा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ ।

रिलायन्सले आफ्नो डिजिटल पूर्वाधारको लाभ उठाउनेछ र भारतका हजारौं कम्पनीहरू र साना व्यवसायहरूमा पहुँच गर्नेछ । यी एआई समाधानहरू क्लाउड, अन–प्रिमाइसेस र हाइब्रिड वातावरणमा प्रयोगयोग्य हुनेछन्, र कम्पनीहरूको लागत घटाउने लक्ष्य राख्नेछन् । रिलायन्सको फाइलिङ अनुसार, आइइआइएलको गठनले सम्बन्धित–पक्ष लेनदेनका लागि निर्माण नगरिएको र रिलायन्सका प्रमोटरहरू, समूह कम्पनीहरूको यसमा कुनै व्यक्तिगत स्वार्थ रहेको उल्लेख गरिएको छ । यसबाहेक, यो कम्पनी गठन गर्न कुनै सरकार वा नियामक स्वीकृति आवश्यक नपर्ने समेत उल्लेख गरिएको छ ।

यो साझेदारीले भारतीय व्यवसायहरूलाई एआई प्रविधिको फाइदाहरू सजिलैसँग पहुँच गर्न सक्षम बनाउने र रिलायन्सको बजार पहुँच र मेटाको प्रविधिले ठूला र साना दुवै व्यवसायहरूलाई स्मार्ट र लागत–प्रभावी बन्न मद्दत गर्ने बताइएको छ ।

FACEBOOK COMMENTS