काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ हजार ६ सयले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई सय ६५ रुपैयाँले घटेर तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते सोमबार चाँदी प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS