काठमाडौं । कजारिया रमेश टायल्सले ‘राइज टु रुल’ नारासहित आयोजना गरेको वार्षिक डिलर्स मिट २०२६ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदार सहभागी भएका थिए ।
कार्यक्रममा कजारिया सेरामिक्सका उपाध्यक्ष तथा कजारिया रमेश टायल्सका अध्यक्ष चेतन कजारिया र ग्रेसबन्डका प्रमुख कार्तिक कजारियाको उपस्थिति थियो ।
कार्यक्रममा १७ विधामा उत्कृष्ट डिलर तथा व्यावसायिक साझेदारलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरूको कार्यसम्पादन, समर्पण र ब्रान्डको विकासमा पुर्याएको योगदानको कदर गरिएको हो ।
कम्पनीले डिलर नेटवर्कलाई आफ्नो बजार विस्तार र सफलताको प्रमुख आधारका रूपमा लिएको छ । डिलर्स मिटले साझेदारसँगको सम्बन्ध मजबुत बनाउनुका साथै आगामी व्यावसायिक योजना र सहकार्यलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कजारिया रमेश टायल्सले नेपालमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तरअनुसार टायल उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले सन् २०२५ मा सुपर ब्रान्डको मान्यता पाउनुका साथै सन् २०२६ मा एनएस क्वालिटी अवार्ड प्राप्त गरेको उल्लेख गरेको छ ।
