काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा आयोजना हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज र भोली कर्णाली प्रदेश स्तरीय प्रशिक्षण सुर्खेतमा हुने भएको हो ।
उनले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति रवि लामिछाने शुक्रबार नै सुखेत पुगिसकेका छन् ।

