काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ । नेपालले यसअघि भारतसँग १८ खेल खेलेको छ । जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ । त्यस्तै ११ खेल भारतले जितेको छ ।
नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो । मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।
नेपाली महिला फुटबल टिममा गोलकिपर तर्फ अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ रकेही छिन् ।
डिफेन्डरमा निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल रहेकी छिन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र दीपा शाही रहेकी छिन् । यस्तै फरवार्डमा रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी रहेकी छिन् ।

FACEBOOK COMMENTS