काठमाडौं । रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकोप्टर दुर्घटना आजविहाबन करिब ७:५० बजेतिर भएको अन्मान गरिएको छ ।
सोलुखुम्बुका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार रेस्क्युका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको बताएका हुन ।
प्रहरी अधिकारीका अनुसार चालकको अवस्था सामान्य छ । अर्को हेलिकोप्टरबाट उद्धार गरिएको बताइएको छ ।

FACEBOOK COMMENTS