काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज सुरु हुँदै छ । बैठक कात्तिक १४ गतेसम्म सुकेधारास्थित मिराकल भेन्यूमा चल्नेछ ।
बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू बैठक स्थलमा पुगेका छन् ।
अध्यक्ष नेपाल सरकारी सुरक्षाबिनै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ ।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।


FACEBOOK COMMENTS