 
			                  			              
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) को मुख्य प्रशिक्षकमा अभिषेक नायर नियुक्त भएका छन् ।
कोलकोताले नायरलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको जानकारी दिएको हो । चन्द्रकान्त पण्डितले तीन सिजनको कार्यकाल पछि आफ्नो पदबाट राजीनामा दिएपछि नायर प्रशिक्षक बनेका हुन् ।
अभिषेक नायर २०१८ देखि नै कोलकोता टिमसँग जोडिएका छन् र टोलीको थिंक ट्याङ्कको एक महत्त्वपूर्ण हिस्सा मानिन्छन् । टिम छनोट र खेलाडीको व्यवस्थापनसम्मका धेरै निर्णयहरूमा कोलकोतामा उनको प्रभावलाई महत्त्वपूर्ण मानिन्छ ।
FACEBOOK COMMENTS