 
			                  			              
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न सूचना प्रकशित गरेका छन् ।
महानगर र प्राधिकरणले स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएका संरचना हटाउन सात दिनको समय दिइएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने सूचनामा उल्लेख छ । साथै यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन सक्ने समेत बताइएको छ ।
 
              
              
              
              		              
FACEBOOK COMMENTS