 
			                  			              
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनिमा भएको दाबी मध्ये करिब २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये करिब २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिब ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिब ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिब ३६ करोड ७९ लाख दाबी रकममध्ये करिब ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिब ३८ करोड ७२ लाख दाबी रकममध्ये करिब २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिव रू. १ करोड ६६ लाख रहेको छ ।
प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको करिब २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये करिब ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ वटा दाबीको करिब ७० करोड ४ लाख दाबी रकममध्ये करिब ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिब. १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये करिब २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिब १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये करिब १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिब ४७ करोड ४४ लाख दाबी रकममध्ये करिब ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिब ९ करोड ९९ लाख दाबी रकममध्ये करिब ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिब ३२ करोड ६० लाख दाबी रकममध्ये करिब २ करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिब २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिब १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिब १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS