 
			                  			              
काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो । अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् ।
यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ । साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले चालक तथा सञ्चालकलाई थप सहजता प्रदान गर्नेछ । सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन्।
त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई अझ सुलभ र प्रभावकारी बनाएको छ ।
कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ । कम्पनीका अनुसार, यो सर्भिस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुबै सुविधा एकै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा समेत बचत गर्न सक्नेछन् ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ । प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालनलागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ । यस ट्याक्सीमा एक वर्षको नि:शुल्क बीमा, तीन वर्षसम्मको नि:शुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ ।

भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै टाटा मोटर्स नेपालले आफ्नो ग्राहक सेवा सञ्जाललाई थप सुदृढ बनाएको छ । कम्पनीले विद्युतीय गतिशीलताको दिगो यात्रामा ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS