 
			                  			              
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र लुटपाट गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । बैतडीका १९ वर्षीय दीपक बोहरा सोही स्थानका विशाल सिंह कार्की र बझाङका हेमन्त बोहराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको हो । जेनजी प्रदर्शनका क्रममा अराजक गतिविधि तथा आगजनी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ ।
पक्राउ परेकाहरुमध्ये काठमाडौं जिल्ला अदालतले ६ जना तथा जिल्ला अदालत ललितपुरले २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
FACEBOOK COMMENTS