काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
आज सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले २०८२ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी चार अर्ब २९ करोड ६४ लाख ५८ हजार १५८ रुपैयाँको १०.३७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
त्यसमध्ये ५% बोनस शेयर र उक्त बोनसमा लाग्ने कर प्रयोजनका लागिसमेत ५.३७% नगल लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी २४औँ वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।
FACEBOOK COMMENTS