काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
आज बिहान ११:३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको मंगलबारसम्मको लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजको बैठक सारेको हो ।
असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ । अब अर्को बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

FACEBOOK COMMENTS