काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जमिनको लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ ।
जिल्ला अदालत, काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरसातमा राखी उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको सिआईबी प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।
नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको हो ।
चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्की शनिबार पक्राउ परेका थिए ।
उक्त प्रकरणमा पक्राउ गर्नुपर्ने अन्य व्यक्तिको पनि पहिचान भइसकेको सिआइबीले स्रोतले जनाएको छ । थामसेर्कु ट्रेकिङ यति समूहअन्तर्गतको हो ।

FACEBOOK COMMENTS