काठमाडौं । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएपछि सात दल छलफलमा जुटेका छन् ।
आगामी कार्ययोजना तयार गर्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एक भएर बैठकमा बसेका छन् ।
FACEBOOK COMMENTS