काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
स्रोतका अनुसार रेग्मीले राजीनामा दिएको तीन दिनपछि मात्रै उनको राजीनामा पत्र मङ्गलबार सार्वजनिक भएको हो ।
उनको राजीनामा यही कात्तिक २२ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि, गत असोज २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
तर, सरकारको सो निर्णय कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले यहि कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो ।
FACEBOOK COMMENTS