काठमाडौं । एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको छ ।
जसअन्तर्गत आज मंगलबारको दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डाटा नि:शुल्क पाउनेछन् ।
११:११ उत्सवको अवसरमा आज एक दिनका लागि संचालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डाटा लेपुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।
‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न,अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न, रगिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन् ।
एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्धछन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् ।

११:११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक टे«न्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ को आकर्षण बढ्दो रहेको छ ।

FACEBOOK COMMENTS