काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला चार हजार ९ सय रुपैयाँले बढेर दुई लाख ४६ हजार चार सय रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३ हजार १७० रुपैयाँमा पुगेको छ । यसअघि सोमबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँले कारोबार भएको थियो ।

FACEBOOK COMMENTS