काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन् ।
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।
डेढ वर्षपछि यादवले राईलाई एकताका लागि प्रस्ताव गरेका हुन् ।
घर फर्क अभियान सञ्चालन गरेका यादवले पार्टीका शीर्ष नेताहरुलाई पठाएर जसपा अध्यक्ष राइलाई एकताका लागि प्रस्ताव गरेका हुन् ।
जसपा नेपालबाट पार्टी एकताका लागि प्रस्ताव आएको विषय जसपाका महासचिव इस्तियाक राईले स्वीकार गरेका छन् ।

FACEBOOK COMMENTS