काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी–११ मा रहेको अदालतबाहिर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो १२ः३९ बजे अदालतमा आत्मघाती हमला भएको छ ।
प्रहरीले विस्फोटको स्रोत अहिलेसम्म पत्ता लगाएको छैन, तर अदालतलाई वकील, न्यायाधीश र सर्वसाधारणबाट खाली गराइएको छ । प्रहरी र उद्धार टोलीले घटनास्थलमा प्रमाण सङ्कलन गरिरहेको छ, घाइतेहरूलाई अस्पताल लगिएको छ ।
समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताएको छ ।
इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो, जहाँ सामान्यतया अदालतको कार्यवाहीमा उपस्थित हुने मानिसहरूको भीड हुन्छ ।


FACEBOOK COMMENTS