काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भइ आज बुधबार विदाइ भेट गरेका हुन् ।
आज राति १२ बजेदेखि खापुङ उमेर हदका कारण सेवानिवृत्ति हुँदैछन् । खापुङ सेवानिवृत्त हुने भएपछि सरकारले सोमबार नै दानबहादुर कार्कीलाई ३१औँ आईजीपी नियुक्त गरिसकेको छ । योसँगै भोलिदेखि नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले लिने छन् ।
FACEBOOK COMMENTS