काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।
बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो । काठमान्डूले यसपछि जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गर्नेछ ।
काठमान्डूले बिहान भक्तपुर दरबार क्षेत्रबाट ट्रफी प्रदर्शन सुरु गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । प्रतियोगितामा पहिलो संस्करणकै आठ टिमको सहभागिता छ ।


FACEBOOK COMMENTS