काठमाडौं । चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन् । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्रका दुईवटा पोस्टर आज सार्वजनिक भएका हुन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।
दोस्रो पोस्टरमा प्रकाश सपूत र सिर्जना निङ्लेखु फिचर्ड छन् । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो देखिन्छ । उनीहरू कसैको पर्खाइ वा वियोगमा रहेजस्तो देखिएको छ ।
दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । ‘मिरमिरे’ माघ १ गते रिलिज हुँदै छ । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।
चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।
FACEBOOK COMMENTS