काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ७३३९;सेफ्टी रिकल७३३९; अभियानको घोषणा गरेको छ ।
यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा नि:शुल्क परिवर्तन गर्ने भएको छ ।
यो ७३३९;सेफ्टी रिकल ७३३९; अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो ।
यस अभियान अन्तर्गत ज्याज, अकर्ड सीआर-भी सिभिक सिटी र स्ट्रिम ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो । प्राविधिकहरुद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ ।
स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।



FACEBOOK COMMENTS