काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
FACEBOOK COMMENTS